पर्यटन व्यवसायीलाई बैंक तथा वित्तीय संस्था बाट ऋण तिर्नुपर्ने दबाव।


प्रकाशित: २१ असोज, बुधवार , पोखरा ।

हाल नेपाल अधिराज्य भरी कुनैपनि होटल तथा पर्यटन व्यवसायी आफ्नो लय मा छैनन्। गत चैत महिना देखि लकडाउन भएका कारणले यो क्षेत्रलाई ठूलो क्षति पर्न गएको छ। यो बीचमा व्यवसायीहरु आफै बिचल्ली मा परेका छन् भने बैंक तथा वित्तीय संस्थाहरु ले यी व्यवसायीहरु लाई फोन गरेर तनाव दिने गरेका छन्।


नेपाल राष्ट्र बैङ्कले जारी गरेको नीति तथा निर्देशन अनुसार कुनैपनि पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैङ्क तथा वित्तीय संस्थाले दबाब दिन पाइँदैन भनेको छ तर व्यवसायीहरुले यस्तो दबाव दिनहुँ आइरहेको गुनासो गरेका छन् । 

व्यवसायीको गुनासो आएपछि नेपाल राष्ट्र बैङ्क पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईले मौद्रिक नीतिका आधारमा रहेर काम गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । उनले भने, “सक्ने उद्यमीले कर्जा तिरीदिनुहोस्, नसक्ने उद्यमीको हितका लागि सरकारले दिएको सीमासम्म ताकेता नगर्नुहोस् ।”

नेपाल राष्ट्र बैंक बाट निर्देशन पाए पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण तथा ब्याज चुक्ताका लागि लगातारको दबाब आई रहेको व्यवसायीहरु को गुनासो छ । 


पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रलाई कृषि क्षेत्रमा दिइने व्याजदर अनुरुप ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिए । पोखराको समग्र पर्यटन क्षेत्रमा रु ४ खर्बको लगानी रहेको पर्यटन व्यवसायीको भनाइ छ । त्यसमा करिब रु ७५ अर्ब बराबर बैङ्क तथा वित्तीय संस्थाको लगानी छ ।

नेपालमा बैङ्क तथा वित्तीय क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै रु १४० अर्ब लगानी रहेको भन्दै भट्टराईले यसलाई जोगाउने दायित्व सबै पक्षको रहेको बताए । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन क्षेत्रको लगानी डुब्दा बैङ्क तथा वित्तीय क्षेत्र पनि डुब्ने सम्भावना रहेकाले व्यवसायीलाई आतङ्कित पार्न नहुने बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार