मौसम सामान्यतया सफा, पहाडी भू–भागमा आंशिक बदली


काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार