शरणार्थी हुनबाट बचौ-नेपाली -"जगत जंग थापा "



प्रकाशित: कार्तिक ७, शुक्रबार, विराटनगर । 
अवस्था सिर्जना पनि कस्तो हुदोरहेछ- जहाँ जनतालाई नेतृत्व गर्नेहरु बाट जनताको निम्ति केहि भलो त कुरै छाडौ, देश को राष्ट्रियता, अस्मिताको रक्षाको निम्ति बलिदानको रगत्मे इतिहासबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको हत्या हुने पो होकी वा विदेशी तत्वले लोभलालची देखाएर नीतिकर्तालाई प्रयोग गरि आफ्नो स्वार्थ अनुकुल चलाएर-मुलुकको सार्वभौम गौरवशालि इतिहासको यात्रा समाप्त पो हुने हो कि भन्ने प्रश्न देशको हरेक तप्कामा सिर्जित भएको छ | 

भ्रष्टाचार र राजनीतिक अस्थिरता बाट देश बिकासको फड्को मर्न नसकेको भान गराई “समृद्ध नेपाल, सुखी नेपाली” शब्दवाणी प्रयोगगरी, नेपाली जनतालाई एउटा स्थिर सरकार बनाउन चाहिने मेन्डेटको विश्वासको मत दिन र त्यसको परिणाम स्वरुप भ्रष्टाचारमा शुन्य सहिष्णुता,देशमा बिकसित देशको जस्तो विकासको फड्को, राष्ट्रियता, आत्मानिर्भरता जस्ता कुराहरु जनतालाई प्रदान गर्ने प्रमुख ग्यारेन्टीको वाचा गर्ने विश्वास गर्न लगाएर, सोझा जनताले विश्वास गर्दै देशको राजनीतिक अस्थिरताको अन्त्य हुने बहुमतीय सरकार बन्ने विश्वासको मतले सुशोभित गराई जनअपेक्षा अनुरुप कार्यसम्पदान गर्न पठाएका नेतृत्वकर्ता नै कार्यसम्पादन हैन बोलीमा सिमित हुदा जनताको समृद्ध देशमा बस्ने सपना, आफ्नो मानो चामल खाने आफ्नै देशमा परिश्रम गरि पसिना बगाउने र देशले विकासको फड्को मरेको हेर्ने इच्छा ति सबै टुट्न त टुट्यो नै बिडम्बना जनताले अबको विश्वास पात्र र देशको बागडोर समाल्ने नितिकर्ता वा नेतृत्वकर्ता नै देख्न छाडेका छन | 

युवाको जोसको फाइदा उठाएर सशस्त्र युद्ध,जनआन्दोलन गरि व्यवस्था परिवर्तन पछिको सुन्दर व्यवस्थाको परिकल्पना भान गराई, बिभिन्न वाद सिद्दान्त युवाको मस्तिष्कमा हाबी गराएर गृहयुद्ध गराउने र जब व्यवस्था परिवर्तन हुन्छ वाद सिद्दान्तका पुजारीहरु राज्यको सम्पति दोहनमा रम्ने | युद्धका युवा लडाकु कामका निम्ति खाडीमुलुक पठाउने नीति लिएर उमेर,जोस खोसीएकाहरुबाट नै बिडम्बना युवाले रगत,पसिन र इज्जत बेचेर कमाएर पठाएको रेमिटेन्सबाट निर्मित बजेटलाई आफ्नो पुर्खाको नासो सरह दोहन गरि आफुलाई राज्यको ढुकुटी रित्याउन आएको भ्रष्टाचारी कामचोर भनेर लाज पचाएर भन्न मात्र बाकी भएको अवस्था देशमा शृजना भएको छ | विकास निर्माणमा वेरोजगार राजनीतिक कर्मीको कमिसनखोरी प्रवृति र ठेकदारको लापरबाही कार्य सम्पादनले देशको विकास निर्माण नामको हुदा सास्ती जनताले भोग्नु परेको छ | 


माननीयहरु त गाडीमा सरसर हिईकिबक्सिनुहुन्छ | सत्तामा गएपनि भत्ता आउछ, भत्ता नगएपनि आउछ | दातृनिकाय वा संगसंगठनका राष्ट्रिय स्वार्थ विपरीत र जनताको आसा विपरीत कामले आर्जित कालोधनले परिवारका भोका पेट पालिएका छन | देखाउने ठाट, एकचोटि जनप्रतिनिधि बन्दा सम्पतिमा हुने छलाङ्ग देखाउने रबाफ र तानाशाही व्यवहार ले गर्दा एउटा जरुरि आव्हान गर्न चाहन्छु, यस्ता दलाल सुधार्न फेरी युवापुस्ता खरिएको विचार लिएर नेपाली सडक तताउने अवस्था सिर्जना भएको छ | जसले देशको राजनीतिक नेतृत्व गर्दा जनताले भरोसा गरोस् जस्तै बि.पी.कोइराला , मदन भण्डारी, गणेशमान सिंह | उहाहरुको बिचारधारमा अडिक ,त्याग र जनतालाई पहिलो प्राथमिकतामा राखेर व्यवस्था र नीति निर्माणको योजना गर्नेको खोजि देशमा भएको छ | 

अहिले जति छन सबै लोकतन्तको वहाली पछि सरकारी संयन्त्रलाई हातमा राखेर चोखिएका गिद्द हुन् जसलाई जति विश्वास गरिन्छ त्यति मुलुकका निम्ति घातक र देशद्रोही हुने बर्तमान अवस्थामा भोगिएका परिस्थिति त्यसको उदाहरण हो | आफै एक पटक मनन गरि महसुस गरौ त के का निम्ति आफ्नो अमुल्य मत मतपेटिकामा दिएका थियौ, परिणाम के पायौ ? हातमा शुन्य लागो हैन ? तपाइँ लाइ त ठगियो मात्र देशको अवस्था त लथालिङ्ग नै भयो |


विचारधारा,निष्ठाको राजनीति र विश्व समुदायमा उच्च् व्यक्तित्व कायम गर्नेले नेपाली भुमि र संसार छाडी सके | जसको दुरदर्शिता युक्त विचारधारालाई नेपाली भुमिमा स्थापित गर्ने लडाई लड्दा लड्दै आयुको समाप्ति सगै विचारधाराको संरक्षकको मृत्यु भयो | जब विचारधाराको केहि अंश नेपाली शासकिय व्यवस्थामा स्थापित भयो तब ति संरक्षकका कपटी अनुयायीका हातमा देश को बाघडोर पर्यो | जुन बादरको हातमा नरिवल भन्ने उखान सरह नै भयो | त्यसैले युवा नजागे देश अन्तर्राष्ट्रिय तत्व र दलालहरुको गिरोह बाट झागीन्छ, जस अनुरुप अहिले काम, पढाई वा भ्रमणको नाममा जाने देशमा सरणार्थी रुपमा जान नपरोस् | 

होस् गरौ लडौ
व्यवस्था हैन अवस्था परिवर्तन गरौ
सामाजिक हित तर्फ ध्यान दिउ,राजनीति आफै सुध्रिने छ ।
विश्वास गरौ

लेखक : जगत जंग थापा

( यस लेखमा व्यक्त गरिएका विचार लेखकका आफ्नै हुन् र तिनीहरूले राष्ट्रिय टाइम्स को धारणा प्रतिबिम्बित गर्दैन )

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial