विहारको प्रतिनिधित्व गर्ने भारतका केन्द्रीय मन्त्री रामविलास पासवान को निधन।



प्रकाशित: असोज २३, शुक्रबार, विदेश । 
लामो समयदेखि विरामी रहेका भारत का केन्द्रीय मन्त्री रामविलास पासवानको दिल्लीस्थित एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा निधन् भएको छ। भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रहेका रामविलास पासवानको हालसालै मुटुको अप्रेसन गराएको थियो र स्वास्थ्य अवस्था नाजुक रहेकोले एस्कर्ट्स अस्पतालमा उपचाररत पासवानको उपचारकै क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८ पटक लोकसभा सदस्य र पछिल्लो पटक राज्यसभा सदस्य बनेका पासवान ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय रहेका भारतका प्रमुख दलित नेतामा गनिन्थे ।

यसअघि उनले रेल, सञ्चार तथा सूचना प्रविधि, खनिजलगायतमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । सन् १९७५ मा इमर्जेन्सीका बेला जेल परेका पासवान जेलबाट छुटेपछि जनता दलमा संलग्न भए । सन् २००० मा जनता दलबाट फुटेर उनले लोक जनशक्ति पार्टी गठन गरेका थिए । सन् २००४ को लोकसभामा उनले कांग्रेस नेतृत्वको यूपीएसँग मिलेर चुनाव लडेका थिए । सन् २०१४ पछि भने उनको पार्टी बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा रहेको छ ।


मन्त्री पासवानका छोरा तथा लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्विटरमार्फत ७४ वर्षको उमेरमा बुवाको निधन भएको जानकारी दिएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार