काठमाडौं उपत्यकामा गत २४ घण्टामा ३३ दुर्घटना: एक जनाको मृत्यु ।



प्रकाशित: असोज २२, बिहिबार, काठमाडौँ । 
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३३ वटा दुर्घटना भएका छन्  जसमा एक जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ र २९ जना घाइते भएका छन्। 

काठमाडौंको डल्लुमा हिजो राति दुईवटा मोटरसाइकल आपसमा ठोक्कीदा  दुई जना घाइते भए।

सोह्रखुट्टेबाट परोपकारतर्फ जाँदै गरेको 'बा ४४ प ६०६२' नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको 'बा ३४ प २८५४' नम्बरको मोटरसाइकल गएराती एक अर्कासंग ठोक्किएका थिए । 


घाइते हुनेहरुमा मकवानपुरका ३४ वर्षीय दीपक दंगल र सर्लाही जिल्ला रामनगरका २७ वर्षीय मनोज साह छन्।

घाइते दुवैलाई महान्काल राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ। घाइते मध्ये दंगलको अवस्था गम्भीर छ।

'बा ३४ प २८५४' नम्बरको मोटरसाइकल चालक तेजकांत चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार