दुई स्थानमा बिओपी उद्घाटन


बर्दिया । जिल्लाका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरिएको छ ।
राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको हो । शङ्करपुरस्थित बिओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले उद्घाटन गरिन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मीनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति रहेको थियो । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार