बामफर्डको ह्याट्रिकमा भिल्लाको पहिलो हार


एजेन्सी – फरवार्ड प्याट्रिक बामफर्डले ह्याट्रिक प्रहार गरेपछि लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राती एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ ।

यसअघि लिगमा शत प्रतिशत जित हासिल गरिरहेको भिल्लाले पहिलो हार बेहोरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बामफर्डले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए ।

५५ अौं मिनेटमा बामफर्डले पहिलो गोल गरे । त्यसको १० मिनेटपछि म्याथुएज क्लिकको पासमा उनले अग्रता दोब्बर पारे । ७४ अौं मिनेटमा हेल्डर कोस्टाको पासलाई नियन्त्रणमा लिँदै बामफर्डले उत्कृष्ट फिनिसमा आफ्नो ह्याट्रिक पूरा गरे ।

यस जितसँगै नवप्रवेशी लिड्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ‌। लिड्सको ६ खेलमा १० अंक छ । ५ खेलमा १२ अंक जोडेको भिल्ला दोस्रो स्थानमै यथावत छ ‌।



हाम्रोखेलकुद बाट साभार

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार