स्ट्यान्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने


प्रकाशित: कार्तिक १४, शुक्रबार, काठमाडौं । 
स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगनीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

बैंकले कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४.८४ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ । 

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक सााधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार