बलि दिनका लागि किशोरीको तस्करी ।


प्रकाशित: अशोज १७, शनिबार ।
नेपालमा मानव तस्करी अझै रोकिएको छैन । सप्तरीको दौलतपुर ३ बस्ने एक किशोरीलाई सशस्त्र प्रहरीले सीमानाकाबाट बुधबार उद्धार गरेको थियो । उनलाई भारतमा बलि चढाउन का लागि मानव तस्कर गिरोहले सुनसरीको कोशी-३ भन्टाबारी हुँदै सीमानाका कटाउन कोसिस गर्दा प्रहरीले बचाउन सफल भएको छ। विभिन्न प्रलोभन देखाएर भारत लग्दै गर्दा एक युवती सहित सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

त्यस्तै बलि दिनकै लागि भारततर्फ लैजाँदै गर्दा असोज 5 गते सुनसरीको रामधुनी ५ की १७ वर्षीया किशोरीलाई प्रहरीले भारतीय सीमाबाट उद्धार गरेको थियो । बिराटनगर-१७, इस्लामपुर को बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै गरेको अवस्थामा आफूलाई लैजाने युवकमाथि शंका लागेपछि किशोरीले गाडीबाट हाम फालेर आफूलाई बताएकी थिइन् । साना हातहरु नामक संस्थाको सहारमा उनी प्रहरीसम्म पुगेकी थिइन् र सो घटनामा संलग्न तीनजनालाई प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । 

त्यसैगरी काठमाडौंकी एक युवतीलाई मोडलिङको प्रलोभन देखाएर एक गिरोहले २०७६ पुस महिनामा विराटनगर बोलाएको थियो । उनलाई विराटनगरको जोगवनी नाका हुँदै बलि दिनकालागि भारत लग्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरीको अनुसन्धानले भारतमा ठूला किसिमका विकास निर्माणका काम सुरु गर्दा युवतिको बली दिनुपर्छ भन्ने अन्धविश्वास रहेकाले निकै ठूलो मोलतोल गरी किशोरीहरुलाई लैजाने गरिएको छ । मोरङका प्रहरी प्रमुख येस्ती सन्तोष खड्काका अनुसार नेपालका किशोरीहरुलाई विभिन्न प्रलोभन देखाई मोटो रकमको मोलमोलाई गरी भारत पुर्यााउने घटना भइरहेको यस्तो अवस्थामा सजग रहनुपर्ने हुन्छ । " सीमानाका बन्द रहेको अवस्थामा त यस्तो छ अन्य समयमा कस्तो होला? " उनी बताउँछन् । 


प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत बहादुर कार्कीका अनुसार प्रदेश सरकार यस कुरामा निकै गम्भीर छ । यस किसिमका कार्य अत्यन्तै निन्दनीय रहेको र सबैभन्दा पहिले त परिवारका सम्पूर्ण सदस्यहरु सचेत हुनुपर्छ, समाज र परिवार सचेत भए घटना रोकिने उनले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत प्रदेशी एक्का सीमाक्षेत्रमा माइती नेपाल र साना हातहरु लगायतका सङ्घसंस्था महिलालाई भारतमा बेचिनबाट रोक्न सक्रिय रहेको बताइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार