प्रदेश राजधानीका विषयमा भएको आन्दोलनमा जवर्जस्ती स्कुटर खोसेर जलाउने ४ पक्राउ ।



प्रकाशित: असोज ३०, शुक्रबार, रुपन्देही । 
लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णयविरुद्ध रुपन्देहीमा भएको आन्दोलनका क्रममा चलाइरहेको स्कुटर जवर्जस्ती खोसेर जलाउने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

बुटवल उमहानगरपालिका –११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका –२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।


उनीहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराईजन चोकमा सरकारी स्कुटर जलाएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार