दशैंका कारण दिनमा ३० लाख युनिटभन्दा बढी बिजुली खेर जाँदै



प्रकाशित: कार्तिक १२, बुधबार, काठमाडौँ । 
यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण दिनमा ३० लाख युनिटभन्दा बढी बिजुली खेर (स्पिल) जाँदैछ । अहिले दैनिक ३ करोडको बिजुली खेर जाँदा नेपाल विद्युत प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै विकल्प छ, न त भारत नै पठाउन सकिने अवस्थानै । 

प्राधिकारणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार अहिले दिउँसो २०० मेगावाट राती ३ सय मेगावाटसम्म बिजुली खेर गइरहेको छ । 

बिहान र बेलुकाको पिक समयमा भने अधिकतम् रुपमा नेपालबाट उत्पादित सबै बिजुली उपयोग हुन्छ । थोरै परिमाणका मात्रै भारतबाट बिजुली ल्याउँदा पिक आवरको माग धानिन्छ । 


भट्टराईका अनुसार हिजोआज साँझको पिक आवरमा १२ सय मेगावाटसम्म बिजुलीको माग छ । दिउँसो ७ सय मेगावाटसम्म माग हुन्छ । राति ५ सय देखि साढे ५ मेगावाटमा झर्छ । 

हरेक घण्टा बिजुलीको मागको ‘परिमाण’ परिवर्तन हुने हुँदा घरी भारतबाट बिजुली ल्याउनुपर्ने, घरी भएको पनि खेर फाल्नुपर्ने बाध्यता छ । बिहारमा बिजुली आदानप्रदान गर्न सकिने भएपनि यो वर्ष बिहार सरकारले पनि बिजुली लिन चासो देखाएको छैन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार