बाबुरामलाई बुढीगण्डकीमा घुस लिएको प्रमाण देखाउन नेकपाले चुनौती दिएसँगै नारायणकाजीलाई बाबुरामको जवाफ।



प्रकाशित: असोज २९, बिहिबार, काठमाडौँ  ।  
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको भनी डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएका छन् भने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी प्रमाण पेश गर्न बाबुराम भट्टराईलाई चुनौती पनि दिएका छन्  ।

भट्टराईले केही दिनअघि गृहजिल्ला गोरखामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र ले शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको आफूसँग प्रमाण रहेको बताएका थिए । बुधबार प्रेस वक्तव्य जारी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेको बताएका छन् भने त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिएका छन् ।

प्रेस विज्ञप्ति:
बुढीगण्डकी परियोजनामा अर्बौं रकम घुस लिएको भनी नेकपा अध्यक्षलाई आरोप लगाएर अभिव्यक्ति दिएको भन्दै त्यसउपर श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरे लगत्तै समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन गर्न प्रस्ताव गरेका छन्।


जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ भन्दै भट्टराईले सबै उच्च पदासिनहरूको सम्पत्ति छानविन गर्न माग गरेका छन्।

ट्विट:

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार