विराटनगरमा खाल्डोमा भरिएको पानीमा डुबेको अवस्थामा १ शव फेला ।


प्रकाशित: असोज २३, शुक्रबार, बिराटनगर । 
विराटनगर १५ मा खाल्डोमा भरिएको पानीमा डुबेको अवस्थामा १ शव फेला परेको छ । उक्त शव अन्दाजी ६५ वर्षका स्थानिय श्याम थापाको रहेको र उनी बाख्रा चराउन गएको क्रममा घर नजिकै रहेको खाल्डोमा डुबेर उनको मृत्यु भएको हुनसक्ने स्थानियले बताएका छन् । 

विराटनगर १५ स्थित रानी स्वास्थ प्राथमिक केन्द्र नजिकै रहेको पशुपति टोलमा अवस्थित वर्षातको पानीले भरिएको एक खाडलमा उनी मृत अवस्थामा फेला परेको थिए । उनको शव पोष्टमार्टमका लागि दिउँसो करिब ३ बजेतिर प्रहरीले बुझेको जानकारी प्राप्त भएको छ । 

पशुपति टोल अन्तर्गत रहेको सडकखण्ड छेउमा रहेको खाल्डोमा तैरिदै गरेको अवस्थामा थापाको शव भेटिएको थियो । थापाका एक श्रीमती, दुई छोरा , एक छोरी र ३ नाति छन् । 

बाटो व्यवस्थित हुन नसकेको कारणले बाढीको कारणले उक्त खाल्डोमा पानी जम्ने गरेको छ ।



फोटो क्रेडिट: दिलिप प्रसाद कलवारको फेसबुक वालबाट ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार