मौसम सामान्यतया सफा, केही स्थानमा आंशिकदेखि सामान्य बदली, पूर्वी क्षेत्रमा हल्का वर्षाको सम्भावना



प्रकाशित: कार्तिक ९, आईतबार, विराटनगर ।
देशभरको मौसममा खासै प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ । 

प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ । त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

आज राती प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial