सुनको मूल्य तोलामा २ सयले घट्यो



प्रकाशित: कार्तिक १४, शुक्रबार, काठमाडौं । 

दसैंपछिको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। शुक्रबार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ।  


बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। कात्तिक ६ गते प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य कात्तिक १३ गते प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार