अजरबैजान एक असंलग्न आन्दोलनको अध्यक्ष मुलुक हो जसले अर्मेनियासँग जारी द्वन्द्वमा आफ्नो पक्षमा समर्थन गरिदिन भनेर नेपाललाई आग्रह गरेको छ ।
यस विषयमा नेपालले भने कुनै प्रतिक्रिया जनाएको छैन् । अजरबैजानले जारी द्वन्द्वले क्षेत्रीय शान्ति र स्थायित्वमा असर गर्ने भएकाले नेपालले यस विषयमा बोल्नु पर्ने बताउँदै आएको छ ।
नेपाल मामिला समेत हेर्ने नयाँ दिल्लीस्थित अजरबैजानको राजदुतावासले केही दिन पहिले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर सहयोग गरिदिन आग्रह गरेको छ।
अहिले यी दुबै देश बीचमा विवादित भूमिको विषयमा युद्ध चलिरहेको छ र यस युद्धको कारण विवादित भूमि नागोर्नो काराबख मानिन्छ । यो भूमिमा अर्मेनियाको नियन्त्रण छ ।
त्यसैले अजरबैजानले आफ्नो भूमि फिर्ता ल्याउनको लागि अर्मेनियामाथि आक्रमण गरेको हो। यो द्वन्द्वमा दुबै तर्फबाट कति मानिसहरूको मृत्यु भएको छ भने खुलाएको छैन।
विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुले लामो समयदेखि यो विवाद सुल्झाउने प्रयास भने गर्दै आएका छन् ।
अहिले जारी युद्ध भने सेप्टेम्बर २७ मा शुरु भएको हो । यो युद्धमा क्षेत्रीय प्रतिस्पर्धी मुलुकहरु रुस र टर्की पनि सामेल भएका छन् । टर्कीले अजरबैजानलाई सहयोग गरेको छ । तर रुसले भने अहिलेको युद्धमा आफूले कुनै पनि मुलुकको पक्ष नलिएको र आफ्नो दुवै मुलुकसँग राम्रो सम्बन्ध रहेको बताएको छ । उसले यो युद्ध रोक्ने विषयमा टर्कीसँग पनि वार्ता भइरहेको उल्लेख गरेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :