सरिता गिरीको विवादास्पद अभिव्यक्ति, 'भारतको सहयोग लिएर भए पनि चीनसँगको सीमा सुरक्षा गर्नुपर्छ ।'


प्रकाशित: असोज २५, आइतबार, काठमाडौँ । 
पूर्व सांसद सरिता गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताएकि छिन्। तराई मधेश वृहत लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले हुम्लाको सीमा निरिक्षणका क्रममा ९ नम्बर सीमास्तम्भ नजीक पुगेका जनप्रतिनिधीहरु सहितको टोलीमाथि चिनियाँ सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अश्रुग्याँस प्रहार गरेको घटनाप्रति बिरोध जनाउँदै यस घटनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीले माग राखेकी छिन्।

भारतले मिचेको नेपाली भूमिसहित नेपालले नयाँ नक्सा जारी गर्दा गिरीले आपत्ति जनाएकि थिइन् भने देशको हितविरुद्ध अभिव्यक्ति र क्रियाकलाप गरेको भन्दै उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो। नेपाल सरकारले मुलुकको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुँदै गइरहेको गिरीको भनाई छ। सगरमाथा माथि पनि चीनले अधिपत्य जमाइसकेको कुरा संचारमाध्याममा आइरहेको भएपनि सरकारले यस विषयबारे अहिलेसम्म मौनता धारण गरेको उनको धारणा रहेको छ । 

गिरीले डाक्टर गोविन्द केसीको अनशनप्रति पूर्ण समर्थन जनाउँदै सरकारले विगतमा डा केसीसँग गरेका सम्पूर्ण सहमतिको पालना गर्दै डा. केसीको जीवन र सम्मानको रक्षा गर्न समेतको माग लाग्दै विज्ञप्ति जारी गरेकी छिन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार