निशुल्क कोरोना परीक्षण र उपचार पाउने लक्षित वर्गहरुको लागि मापदण्ड तोकियो ।



प्रकाशित: कार्तिक ४, मंगलवार, काठमाडौँ । 
नेपाल सरकारले निशुल्क कोरोना परीक्षण र उपचार पाउने लक्षित वर्गहरुको लागि मापदण्ड तोकेको छ।

जस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदको असोज १९ गतेको निर्णयानुसार अब मापदण्डमा परेका लक्षित वर्गको तोकिएका प्रमाणको आधारमा मात्रै निःशुल्क परीक्षण तथा उपचार हुने जनाएको छ।

विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको मात्रै निशुल्क उपचार हुने सरकारले जनाएको छ भने निशुल्क उपचारका लागि सरकारले विपन्नका हकमा विपन्न नागरिक उपचार सम्बन्धी निर्देशिका अनुसार सिफारिस वा स्वयं घोषणामध्ये एक, अशक्तताको हकमा अशक्तताको प्रमाणपत्र, असहायको सिफारिस वा स्वयं घोषणा, एकल महिलाको प्रमाणपत्र वा स्वयं घोषणा, अपांगताको प्रमाणपत्र, जेष्ठ नागरिकको हकमा ७० वर्ष पुगेको र अग्रंक्तिमा खटिनेको हकमा सम्बन्धित कार्यालयको परिचय पत्र वा सिफारिस पत्र माग गरेको छ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार