विपन्न परिवारलाई भान्साको पोको उपहार: पोखरीया फुड बैंक ।


प्रकाशित: असोज १९, सोमबार, विराटनगर ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा जारी गरिएको बन्दाबन्दिका कारण आर्थिक समस्यामा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी असोज ६ गतेदेखि विराटनगरको पोखरीया "पोखरीया फुड बैंक " सञ्चालनमा ल्याइएको छ ।

फुड बैंकमा एक जनालाई छ केजी चामल, आधा लिटर तेल, लगायत दाल, सोयाबीन र नुन लगायतका आवश्यक खाद्यान्न गरी विभिन्न आवश्यक खाद्य समान रााखिएको छ । फुड बैंकका लागि, सम्राट स्पोर्टिङ्ग क्लब, त्रिवेणी वाचनालय, लाईभ इन्टरटेन्मेन्ट, पोखरीया सभ्य क्लब समाज, युनाइटेड स्पोर्टिङ्ग क्लब लगायतका विभिन्न सहयोगी संस्था , साथी हरु, आफन्त , विदेशी दाता हरु लगायतले सहयोग गर्नुभएको फुड बैंकका संयोजक बिकी कार्कीले बताए । 

फुड बैंकका लागि व्यवसायी, विद्यार्थी , सामाजिक क्षेत्रमा क्रियाशिल अगुवाहरु र स्वयम् युवाहरुको समूहले समेत योगदान गरेका छन् । युवाहरूले सुरु गरेको यस्तो अभियान आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने फुटबलका नेशनल रेफ्री समेत रहेका विक्की कार्कीले बताए ।

उनका अनुसार आजका मितिसम्म लगभग ९०० बढी संख्या का विपन्न परिवारका व्यक्तिहरुलाई राहत को प्याकेट वितरण गरिसकिएको छ । त्यस्तै, बन्द बन्दीले अत्यन्तै मार्कामा परेका हरूको पहिचान गर्न, विभिन्न गाउँ तथा विराटनगरका भित्री क्षेत्र मा आफै खटिएको अनुभव उनी सुनाउँछन् । अत्यन्तै दुःख पाएका हरुलाई छुट्टै व्यवस्था गरी बढी संख्यामा राहत वितरण गरिएको उनले जानकारी दिए । 


असोज २० गते फुड बैंकको समापन गर्ने र त्यसमा विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्व , तथा विराटनगरका मेयर भीम पराजुलीको उपस्थिति रहने जानकारी उनले दिए ।

फोटो फिचर: 





.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार