मौसम सामान्यतया सफा, केही स्थानमा आंशिकदेखि सामान्य बदली, हल्का वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ ।

बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र प्रदेश २ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुनेछ ।

त्यस्तै अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial