ग्लोबल आईएमई बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने



प्रकाशित: कार्तिक १३, बिहिबार, काठमाडौं ।
ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको जानकारी दिएको छ । राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि उक्त सेयर वितरण गर्ने बैंकको सञ्चालक समिति बैठकले निर्णय गरेको हो । 

बैंकले आव २०७६/७७ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial