प्रम को सम्वोधनमा प्रयोग भएको नक्सामा लिम्पियाधुरा किन गायब ?


प्रकाशित: कार्तिक ७, शुक्रबार, काठमाण्डु । 
भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि केही दिनअगाडि मात्र नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामनासहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएपछि सामाजिक सञ्जालमा त्यसको ब्यापक विरोध भइरहेको छ ।

संविधान संशोधन गर्दै संघीय संसदले नै पास पनि गरिसकेको नेपालको नयाँ नक्साको साटो प्रधानमन्त्री ओलीले नै पुरानो नक्सा प्रयोग गरेपछि त्यसबारे प्रश्न उठेको हो ।

लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal ? गम्भीर विमती दर्ज होस् ! देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्विटरमा प्रश्न गरेका छन् ।

यस प्रशंगलाई प्रधानमन्त्री र रअ प्रमुखबीचको भेटसँग जोड्दै @iamraagi ले पनि ट्विट गरेका छन्।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार