सोयाबिन उद्योगमा आगलागी



कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ ।

बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार करोड क्षति भएको छ । बिहान करीब ४ बजेतिर विद्युत् चुहिई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिए ।


आज बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial