शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने।



प्रकाशित: कार्तिक ७, शुक्रबार, काठमाडौँ ।
विज्ञापन नियमन ऐन २०७६ मा भएको प्रावधान बमोजिम शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने भएका छन् भने व्यवस्था कार्यान्वयन भएसँगै नेपालमा क्लिन फिड लागू हुने भएको छ।

कात्तिक ७ गते शुक्रबारसम्म मात्रै विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँछन् भने कात्तिक ८ देखि विज्ञापन बजाउन नपाइने व्यवस्था लागू हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ ।भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ ।

क्लिन फिड कार्यान्वयनका लागि सरकारले विज्ञापन बोर्ड गठन गरिसकेको सचिव बस्यालले बताएको छ भने क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial