आदर्श विद्यालय विराटनगर सिकाइ सहजीकरण अभियानमा ।


प्रकाशित: असोज १९, सोमबार, विराटनगर । 
शिक्षण सिकाइ सहजिकरण प्रभावकारी बनाउनका निमित्त  विराटनगरस्थित आदर्श माविका शिक्षकहरूले विद्यार्थीको घर–घरमै पुगेर परियोजनामा आधरित सिकाइ अभियानको सुरुवात गरेका छन् ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण  विद्यार्थीहरू विद्यालय आउन नसक्ने अवस्था रहेकाेले विद्यार्थीहरुकै घरमा पुगेर आदर्श विद्यालयले  परियोजनामा आधरित भौतिक सिकाइ अभियान प्रराम्भ गरेको स्कूलका प्राचार्य तुलसीप्रसाद दुलालले रास्ट्रीय टाइम्सलाइ जानकारी दिनुभयो ।

‘संक्रमणका कारण अहिले विद्यार्थीहरू घरमै छन् । अनलाइनको पहुँचमा आउन नसकेका विद्यार्थीहरूलाई लक्षित गरि अहिले प्रश्नावलीकाे आधारमा परियोजनामा आधरित रही शिक्षा दिँदै आएका छौं,’ प्राचार्य दुलालले राष्ट्रिय टाइम्ससंग भन्नुभयो, ‘अफलाइन अभियानमा १ देखि कक्षा १० सम्म अध्ययरन गर्ने विद्यार्थीहरू जोडिन्छन् ।’ अफलाइन शिक्षा विद्यार्थीलाई दिन अहिले स्कूलले ६ वटा शिक्षकहरुको छुट्टाछुट्टै समूह बनाएको जानकारी उहाँले दिनुभयो ।

प्रत्येक समूहमा पाँच जना शिक्षक हुरहने, र उनीहरूले स्कूलको सेवा क्षेत्रभित्र रहेका विद्यार्थीहरू माझ पुगेर तयार पारेको प्रश्नावली र परियोजना कार्य दिने गरेका छन्  । स्कूलले विद्यार्थीहरूका निमित्त  तयार पारेको प्रश्नको उत्तर विद्यार्थीले सिर्जनात्मक तरिकाले दिनुपर्ने हुन्छ ।


अध्ययन गरेको पाठ्यपुस्तक, अन्य विभिन्न पाठ्य सामाग्री, अनलाइनमा भएका सामाग्री तथा रेडियो सुनेर, टिभी हेरेर वा विषयगत शिक्षकहरुलाई फोन सम्पर्क गरेर वा प्रत्यक्ष भेटेर  आफ्नै मौलिक शैलीमा सिर्जनात्मक उत्तर दिनुपर्ने विद्यालयले जनाएको छ । ‘विद्यार्थीको घरमा पुगेका शिक्षकले परियोजनामा आधरित रहेको प्रश्नपत्र लिएर जानुहुन्छ,’ स्कूललका प्राचार्य दुलालले भन्नुभयो, ‘विद्यार्थीलाई प्रश्नपत्र छोडेपछि भोलिपल्ट विद्यार्थीले दिएको उत्तरपुस्तिका लिएर आउनुहुन्छ ।’

यो अभियानमा हाल ३० जना शिक्षक रहेको स्कूलले बताएको छ । उता विद्यालयमा छुट्टाछुट्टै कक्षागत शिक्षक समूह प्रश्नावली तयारी, विद्यार्थी अभिभावक संग फाेन सम्पर्क तथा विद्यालय आउन विद्यार्थीहरुका लागि परामर्श दिन क्रियाशील रहेकाे विद्यालयका सहायक प्रधानाध्यापक भगिरथ पाेखरेलले वताउनु भयाे । शिक्षकको ६ वटा समूहले विराटनगर महानगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिकाभित्रका विद्यार्थीहरूको घर-घरमा पुगेर परियोजनामा आधरित शिक्षा प्रदान गर्दछ । याे अभियान विद्यालय नखुलुन्जेल जारी रहने पोखरेलले राष्ट्रिय टाइम्सलाइ बताउनुभयो ।

स्कूलले यसबाहेक अनलाइन कक्षा पनि सञ्चालन गर्दै आएको छ । कक्षा ६ देखि १२ कक्षासम्म अध्ययनरत  विद्यार्थीहरू अहिले अनलाइन कक्षामा जोडिदै आएको स्कूललका प्रचार्य दुलालले बताउनुभयो । ‘बिहान ६ देखि १० बजेसम्म अनलाइन कक्षा सञ्चालन हुदै आएको छ,’ उहाँले भन्नुभयो, ‘शिक्षकले विहान अनलाइन कक्षा सञ्चालन गरेपछि दिउसाे परियोजनामा आधरित शिक्षा विद्यार्थीलाई दिन अभिभावको घरमा पुग्छन् ।’

कोभिडले गर्दा लामो समयसम्म स्कूल बन्द भएपछि अहिले अनलाइन कक्षा प्रभावकारी भएको दुलालको भनाई छ । ‘हामीले सुरू गरेको अनलाइन कक्षामा अधिकांस विद्यार्थीले प्रत्यक्ष रूपमा अनलाइन कक्षामा अध्ययन गर्दै आएका छन्,’ उहाँले भन्नुभयो, ‘अहिले कक्षा १० सम्मका सवै विषय र कक्षा ११ र १२ का प्रमुख विषयहरू अनलाइन कक्षाबाट अध्यापन हुने गरेको छ ।’ अनलाइन कक्षाप्रति अहिले विद्यार्थीको चासो बढेर गएको उहाँको भनाइ छ । विराटनगरकै पुरानो स्कूल आदर्शमा  हाल २ हजार ९ सय विद्यार्थी अध्ययनरत छन् ।

तस्वीरहरु:






.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार