भारत टीआरपी घोटाला: साक्षीले मुख खोले ।



प्रकाशित: असोज २४, शनिबार । 
रिपब्लिक टिभी, एक टेलिभिजन रेटिंग पोइन्ट्स (टीआरपी) घोटाला र्याकेटमा चलिरहेको र मुम्बई पुलिसको अनुसन्धानले रिपब्लिक टिभीका बिरूद्ध प्रमाणहरु एक आरोपीको डायरीमा भेटेको इन्डियन टुडेले जनाएको छ।

मुम्बई पुलिसका अनुसार आरोपी विशाल वेद भण्डारीको डायरीमा केही परिवारको प्रविष्टि फेला परेको थियो।

मुम्बई पुलिसले आरोपी  भण्डारीलाई पक्राउ गरिसकेपछि मुख खोलेका छन् । " बिभिन्न परिवारका सदस्यहरूलाई प्रलोभन देखाई निश्चित समयसम्म रिपब्लिक टिभि  हेर्न " बिएआरसी ब्यारोमिटर " जडान गरि  टीआरपीमा परिणत गर्ने र व्यवासायिक प्रयोजनका लागि उक्त टीआरपी प्रयोग गर्ने गरेको आरोपीले बताए ।”इंडिया टुडेले रिपोर्ट गरेको छ।


पुलिसले टीआरपीको बारेमा धेरै घरपरिवार सोधपुछ समेत गरेको छ। उनीहरूका अनुसार, आरोपित भण्डारीले रिपब्लिक टिभी हेर्न मासिक आधारमा उनीहरूलाई पैसा तिर्ने गरेका थिए।

प्रहरीले घरपरिवार बीच भुक्तान सम्बन्धी प्रमाणहरु पनि  बरामद गरेको छ।

एक परिवारका सदस्यका अनुसार अनुसार, उनलाई दुई घण्टासम्म रिपब्लिक न्यूज च्यानल हेर्न प्रत्येक दिन भनिएको थियो र रिपब्लिक न्यूज च्यानल हेर्न उनीहरुलाइ थप रुपैयाँ तिर्ने गरिएको थियो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार