दुई लाख ५३ हजार रुपैयाँसहित मोरङको बेलबारीबाट जुवा खेल्दै गरेका ६ जना पक्राउ।



प्रकाशित: असोज २४, शनिबार, बेलबारी । 
मोरङ प्रहरीले हिजो बेलुका बेलबारी नगरपालिका–४ गर्जुराम टोलबाट जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुई लाख ५३ हजार बढी रकमसहित अशोक राईको घरमा जुवा खेल्दै गरेको अवस्थामा जुवाडेलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

एसपि खड्काका अनुसार धनुषाको चारनाथ गणेशमान –८ पोर्ताहाका ५० वर्षीय पर्शुराम भुजेल, झापा दमक–५ का ३२ वर्षीय धर्मेन्द्र राई, सुनसरी इटहरी–१ का ४७ वर्षीय प्रदीप तामाङ, मोरङको बेलबारी–३ का ४० वर्षीय रीत गुरुङ, बेलबारी–११ का ५६ वर्षीय सुजय गौतम र ५२ वर्षीय चन्द्र लिम्बू रहेका छन् भने पक्राउ पर्नेहरुको साथ बाट ,कौडा १ सेट, तास ३ बुङ , नगद रु २,५३,२३५-। (दुईलाख त्रिपन्न हजार दुईसय पैतिस) , को.२ च २८१९ न.को स्कापियो गाडि, अन्टेस्ट मो.सा. १ वटा , को.२३ प १३८७ न.को स्कुटि लगायतका सामानहरू बरामद भएको छ।

पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत कारबाही अघि बढाउन अनुसन्धान थालिएको एसपि खड्काले बताए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार