घिरौंला टिपेको विषयमा झगडा हुँदा एक व्यक्तिको मृत्यु, विरोध प्रदर्शनमा सांसद सहित डेढ दर्जन घाइते।



प्रकाशित: असोज २९, बिहीबार, सर्लाही ।
रामनगर गाउँपालिका-७ सिसौटमा गत असोज २१ गते बारीमा घिरौंला टिपेको विषयमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो भने स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र घाइते भएका थिए। घाइते महराको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा भोलिपल्ट २२ गते मृत्यु भएको थियो।

मृत्युपछि आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गर्दै मलंगवा पब्लिक मावि नजिकबाट विरोध प्रदर्शन सुरू गरी जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। 

जिल्ला प्रहरी कार्यालय घेराउका क्रममा प्रहरीले दर्जनौं राउन्ड टियर ग्यास र लाठी चार्ज गरेको थियो भर्ने प्रतिनिधिसभा सांसद अमेरेशकुमार सिंह नागेन्द्रकुमार यादव, प्रदेश-२ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत घाइते भएको सांसद सिंहले बताए।


सांसद सिंहको निर्वाचन क्षेत्र भएकै कारण सिंह नेतृत्वमा कांग्रेस कार्यकर्ता मलंगवाले जिल्ला प्रहरी कार्यालय घेराउ गर्न खोज्दा बुधबार भएको झडपमा सांसद अमेरेशकुमार सिंहसहित डेढ दर्जन कांग्रेस कार्यकर्ता घाइते भएका छन्। घटनामा एक महिला र दुई पुरुष पक्राउ परेका छन्न भने , प्रहरीले घटनामा संलग्न नेकपा कार्यकर्तालाई नपक्रिएको सिंहले दाबी गरेको छ।

अन्य ९ जनाको नाम समावेश गरेर जाहेरी दरखास्त लिएर जाँदा पनि प्रहरीले दर्ता नगरेको सिंहले दाबी गरेको छ। सर्लाही कांग्रेसले विज्ञप्ति जारी गर्दै प्रहरीले शव बुझ्न नदिएको आरोप लगाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार