अब सार्वजनिक यातायात गर्दा मस्क सहित फेस सिल्ड अनिवार्य ।


प्रकाशित: कार्तिक २, आइतबार, काठमाडौँ । 
सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनुहार छोप्ने गरिको फेस सिल्ड लगाउन अनिवार्य गरेको छ। यातायात व्यवस्थापन विभागका अनुसार यात्रुहरूले अब कोरोनाभाइरस संक्रमण हुने जोखिम कम गर्न सार्वजनिक यातायात प्रयोग गर्दा फेस सिल्ड प्रयोग गर्नुपर्नेछ। 

फेस सिल्ड प्रयोगले संक्रमणको जोखिम कम हुने कुरामा बिभाग विश्वस्त छ । यस अघि सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क मात्र प्रयोग गर्नुपर्ने भनिएको थियो । अब, मास्कको साथ फेस सिल्ड समेत प्रयोग गर्न अनिवार्य गरिएको छ।

विभागले सर्वसाधरणलाइ यस नियमलाई सक्दो चाँडो पालना गर्न अपील गरेको छ। ट्राफिक प्रहरी लगायत सबै सम्बन्धित निकायलाई निर्णय कार्यान्वयन गर्न सूचित गरिएको छ, विभागले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार