दसैं बिदामा कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखाहरु बन्द रहने ।



प्रकाशित: कार्तिक ५, बुधवार, काठमाडौँ । 
नेपालीहरूको महान चाड दसैंको बिदामा यही कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द हुने भएका छन् भने सो अवधिमा ग्राहकले डिजिटल बैकिङ मार्फत् भने कारोबार गर्न सक्ने छन् ।

कोरोना भाइरस संक्रमणबाट बच्‍न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न ग्राहकलाई बैंकर्स संघले आग्रह गरेको छ ।

बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ सेवा सूचारु नै रहने बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।एटीएम सेवा समेत यथावत रुपमा प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।


अघिल्ला वर्षहरुमा दसैं बिदामा पनि बैंकहरुले सीमित शाखा खुला राखेर आधारभूत बैकिङ सेवा दिँदै आएका थिए ,तर यो वर्ष कोभिड–१९ को जोखिम उच्च रहेका भन्दै बैंकहरुले दसैंका लागि सरकारले दिएको सार्वजनिक विदाको दिन बैंक बन्द गर्ने भएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार