सानिमा जेनेरल इन्स्योरेन्सले ३० करोड मूल्य बराबरको ३० लाख कित्ता साधारण सेयर असोज २१ बाट जारी गर्दैछ । यसको आई पी ओ असोज २५ मा सकिनेछ । उक्त जारी आइपुग्यो असोज २५ गतेसम्म आवेदन पेश गर्ने संख्या पूरा नभएको खण्डमा कात्तिक २६ सम्म लम्बिनेछ ।
जारी गरिएको सेयरमध्ये ४ प्रतिशत (१,२०,००० कित्ता) सेयर कम्पनीका कर्मचारीहरूको लागि र ५ प्रतिशत (१,५०,०००) कित्ता सेयर म्युचुवल फन्ड का लागि छुट्याइएको छ । त्यस्तै बाँकी २१ प्रतिशत सेयर (२७,३०,०००) भने सर्वसाधारणका लागि हुनेछ ।
सर्वसाधारणले कम्तिमा १० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १००० कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् । यसको इस्यु म्यानेजरका रूपमा एनआईसी एशिया क्यापिटल लाई नियुक्त गरिएको छ ।
आईपीओको जारी गरेपश्चात सर्वसाधारणसँग ३० प्रतिशत र कम्पनीका प्रमोटरहरूसँग ७० प्रतिशत सेयर रहने छ । उक्त कम्पनीको सेयर १० कित्ता पर्न सक्ने सम्भावना उच्च रहेको छ । सर्वसाधारणले १० कित्ता सेयरका लागि आवेदन दिन सुझाव गरिन्छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :