नेपाल र ओमानबीच एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्झौता।


प्रकाशित: कार्तिक ४, मंगलवार, काठमाडौँ । 
नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ।

ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालको अनुसार ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको छ भने उक्त सम्झौता अनुरूप उक्त राहदानीबाहेक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्ने व्यवस्था सम्झौताले गरेको छ ।

नेपाल सरकारकोतर्फबाट ढकाल र ओमानकोतर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा उनीहरुले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामलाई थप गतिशील र सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए भने पछिल्लो समय ओमान अन्तरराष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटका रूपमा विकास भइरहेका सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिका लागि त्यहाँ हुने भ्रमणमा समेत सो सम्झौताले सहजीकरण गर्ने बताइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial