मौसम सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली



काठमाडौं । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । 

त्यस्तै बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभरका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ । 

त्यस्तै बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक, दुई स्थानमा हल्का बर्षाको सम्भावाना रहेको विभागले जनाएको छ । 

त्यसैगरी आज राती देशभरका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । त्यस्तै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १ का एक, दुई स्थानमा हल्का बर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial