गाडीको सुरक्षाका लागि अतिरिक्त ताला र अलार्म प्रयोग गर्न अपील ।


मोटरसाइकल हस्तान्तरण ,  फोटो  : MTPD 
प्रकाशित: असोज २३, शुक्रबार, काठमाडौँ । 
महानगरीय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २६ वटा मोटरसाइकल, सम्बन्धित मालिकलाई हस्तान्तरण गरेको छ।

महानगरीय ट्राफिक प्रहरी डिभिजनका वरिष्ठ प्रहरी अधीक्षक (एसएसपी) भीमप्रसाद ढकालले शुक्रबार मोटरसाइकलहरु सम्बन्धित मालिकलाई हस्तान्तरण गरे।

एसएसपी ढकालका अनुसार हराएको मोटरसाइकल र स्कूटरको खोजीलाई कोभिड-१९  महामारीको बीचमा समेत साधा पोशाकमा  प्रहरी  परिचालन गरेर खोजि  कार्य जारी राखिएको छ।

ट्राफिक प्रहरीले मोटरसाइकल र स्कूटरको चोरीमा संलग्न आठजनालाई पक्राउ गरेको छ। ट्राफिक प्रहरीले ९० वटा मोटरसाइकल फेला पारे र लकडाउन पहिलो पटक लागू भएदेखिनै  त्यसका धनीहरुलाई  हस्तान्तरण गर्दै आएका छन ।


चोरी पछि हॉटलाइन नम्बर १०3 मा कल गरेर वा  'हराएको वाहन निवेदन ' मार्फत प्रहरीलाई आवेदन  बुझाउन सकिन्छ।

विभागले सवारी साधन उपयोगकर्ताहरुलाई गाडीको सुरक्षाका लागि अतिरिक्त ताला र अलार्म प्रयोग गर्न अपील समेत गरेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार