प्रहरीले बरामद गरेको २३ किलो सुन र दुई किलो चाँदी थप अनुसन्धानका लागि राजस्व कार्यालयमा बुझाईयो ।



प्रकाशित: कार्तिक ५, बुधवार, बिरगंज । 
वीरगन्ज महानगरपालिका–५ रेशमकोठी स्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट प्रहरीले कात्तिक १ शनिबार छापामारीमाा २३ किलो दुई सय ७५ ग्राम सुन र २ किलो दुई सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको थियो भने उक्त गर गहना थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सुन र चाँदी सोमबार राजस्व बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारत रक्सौल कस्टमका क्लियरिङ एजेन्ट अशोक सिन्हाको छोरी वीरगन्ज–२ निवासी निवेदिका सिन्हाको नाममा दर्ता रहेको उक्त फ्ल्याट निवेदिकाको नाममा फ्ल्याट दर्ता भएपनि त्यसको प्रयोग भने अशोक सिन्हा र उनका छोरा भतिजाहरुले गर्दै आएका थिए ।


गत शनिबार विशेष सूचनाको आधारमा प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा गएको टोलीले गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटको दराजबाट उक्त सुन र चाँदी बरामद गरेको थियो भने सुन चाँदी व्यवसायी संघ पर्साबाट सुन चाँदी चेकजाँच गर्ने विशेषज्ञ बोलाई परीक्षण गराउँदा बरामद गरिएका सुन र चाँदीको बजार मूल्य १८ करोड ६५ लाख रुपैयाँ बराबर रहेको पाइएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial