साढे १६ करोड मूल्य बराबरको बटर सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)काे गोदामबाट बरामद ।


प्रतिनिधि तस्विर

प्रकाशित: असोज २७, मंगलवार, काठमाडौँ ।
करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको १ लाख ९४ हजार ९ सय ७५ किलो बटर(मख्खन) सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)काे गोदाममा भेटिएको छ । बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा मंगलवार काठमाडौं महानगरपालिका अन्तर्गत रहेको कृषि विभागले अनुगमन गर्दा उक्त परिमाणका सामग्री फेला पारेको हो ।

वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर मौज्दात रहेको विभाग प्रमुख हरिबहादुर भण्डारीले बताए । 

वितरकलाई किलोको ७ सय ८० रुपैयाँमा बिक्री गरिने सो बटर सर्वसमधारणलाई प्रतिकिलो ८ सय ५० रुपैयाँ पर्न जान्छ। प्रतिकिलो ८ सय ५० रुपैयाँको हिसाबले १६ करोड ५७ लाख २८ हजार रुपैयाँको बटर शंकास्पद रहेको डिडिसि श्रोतले जनाएको छ।


ती बटर २५/२५ किलोको कार्टुनमा राखिएको छ भने अधिकाँश कार्टुनमा लेबल नै छैन । केही कार्टुनमा लेबल भएपनि म्याद सकिइसकेको भण्डारीले जानकारी दिए ।

अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाका अनुसार सरकारी संस्थानबाटै सर्वसाधरणको जिउ/ज्यानमाथि गम्भीर खेलबाड भएको देखिएके छ ।म्याद नाघेको बटर सर्वसाधारणलाई खुवाउने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ उनको भनाइ छ।

सरकारी संस्थानकै गोदाममा ठूलो परिमाणमा म्याद नाघेका खाद्य वस्तु भेटिरहँदा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरिरहेको अनुगमनमा प्रश्न उठेको उनले आरोप लगाएका छन भने खाद्य गुणस्तर (दूध , दही, पानी) लगायतको विषयमा खाद्य प्रविधिले हेर्नुपर्ने हो तर, अनुगमन केबल अनुगमनको लागि मात्रै भनिरहेको उनको भनाइ छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार