क्यूआर भुक्तानी राख्दा पेट्रोल पम्पलाई बिलिङ सफ्टवेयर निःशूल्क ।


प्रकाशित: असोज १७, शनिबार, काठमाडौँ ।
नेपालकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले पेट्रोल पम्प व्यवसायीहरूलाई व्यवसायमा क्यूआर भुक्तानी राख्दा दैनिक कारोबार सजिलो बनाउन बिलिङ सफ्टवेयर निःशूल्क दिने भएका छन्।

यस सफ्टवेयरबाट आफ्नो सम्पूर्ण कारोबारका साथै आम्दानीको रियल टाइम जानकारी प्राप्त गर्न सकिने छ भने पेट्रोल पम्प व्यसायीहरुले क्युआर कोड राख्न अनलाइनबाट फर्म भर्न सक्नेछन् । बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिने ईसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

ईसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार