आइपियल २०२०: हैदराबादलाई २० रनले हराउँदै चेन्नईको तेस्रो जित ।


chennai

प्रकाशित: असोज २८, बुधबार, एजेन्सी । 
हैदराबादलाई २० रनले हराउँदै सनराइजर्स साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । 

चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो । हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । 

यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए । चेन्नईका कर्न शर्मा र ड्रायन ब्राभोले २-२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक-एक विकेट लिए । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए । हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २/२ विकेट लिए । जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।

यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैठौँ स्थानमा समेत उक्लिएको छ । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार