भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीले भेट्नु आपत्तिजनक: भीम रावल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओ‌ली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका छन् ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै गृह तथा रक्षामन्त्री रहिसकेका नेता रावलले ट्विटमार्फत यसको विरोध गरेका हुन ।


‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादाविपरीत छ,’ रावलले लेखेका छन्।

 

 



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार