सरकारद्वारा विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध फुकुवा ।



प्रकाशित: असोज २६, सोमबार, काठमाडौँ । 
सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आयात खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण  विदेशी मुद्राको सञ्चतीमा असर पर्न सक्ने भन्दै २०७६ चैत १६ गते सरकारले विदेशी मदिरा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

भन्सार विभागकाअनुसार नेपालमा वार्षिक २ अर्ब भन्दा बढीको विदेशी मदिरा औपचारिक माध्यमबाट भित्रिने गर्दछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार