दशैंका लागी नया नोट वितरण नगर्ने: राष्ट्र बैंक ।



प्रकाशित: असोज २६, सोमबार, काठमाडौँ । 
दशैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट साट्ने सुविधा उपलब्ध नगराउने भएको छ । गत वर्ष केन्द्रीय बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नयाँ नोट सटही गरेको थियो । 

नेपाल रास्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैँ लक्षित नयाँ नोट सटही नगर्ने जनाएको थियो  ।

विगतका वर्षहरुमा दसैंलाई लक्षित गर्दै नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको केन्द्रीय बैंकले यस वर्ष कोभिड १९ को प्रभाव बढ्दै गएको भन्दै  सम्भावित जोमिलाई मध्यनजर गर्दै नयाँ नोट वितरण नगर्ने जनाएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार