प्रधानमन्त्री ओलीद्वारा मौसम परिवर्तनले सिर्जना गरेको अस्तित्वगत खतराको चेतावनी ।



प्रकाशित: असोज २३, शुक्रबार । 
प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो तापमान, बढ्दो समुद्री सतह र हिमनदीहरूको पग्लने जस्ता जलवायु परिवर्तनले उत्पन्न हुने अस्तित्वगत खतरालाई जोड दिंदै यसले हिमालयदेखि तल्लो भूभागमा जीवन र जीविकामा असर पारेको एक कार्यक्रममा बताउनुभएको छ । 

संयुक्त राष्ट्र महासभा २०२० को ७५ औं सत्रको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रम बंगलादेश सरकारले सीवीएफको अध्यक्षको रूपमा आयोजना गरेको थियो।

प्रधानमन्त्रीले आज आयोजित जलवायु परिवर्तन सम्बन्धी फोरम नेताहरूको कार्यक्रमलाई सम्बोधन गर्दै यस कुरामा जोड दिनुभयो ।


“मौसम परिवर्तनले आज अस्तित्वगत खतरा निम्त्याएको छ । उपलब्ध विज्ञानका अनुसार हामीलाई बढ्दो तापमान, समुद्री सतह र पघ्लिने हिमनदीहरूको  कारण आज मानव जगत प्रकृति बिरूद्धको दौडको गलत पक्षमा रहेको उहाँले बताउनुभयो ।

'ग्लोबल वार्मिंगको कारण हिमपहिरोको हिउँ पछि उच्च हिमाली सभ्यताको जीवन र जीविकामा नकारात्मक असर परेको छ, तराईका क्षेत्रहरूमा प्रकोप उत्पन्न गरेको छ र समुद्रको सतहको वृद्धि भएको छ,' उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले आफ्नो बक्तव्यमा नेपालको हिउँबाट जन्मिएका नदीहरूको महत्त्वमाथि प्रकाश पार्नुभयो ।  हिमालले नदीहरुलाइ पोषण दिन्छ र समुद्री इकोसिस्टमलाई सफा गर्छ, प्राकृतिक जलवायु स्थिरताका रूपमा काम गर्छ र पहाड र समुद्रहरू बीचको जैविक सम्बन्धलाई बचाइराख्ने कुरा समेत वहांले बताउनुभयो ।

जलवायु असुरक्षा फोरम (सीवीएफ) ले विश्वव्यापी तापमानको वृद्धिलाई १.५ डिग्री सेल्सियससम्म सीमित गर्न र यसको राम्रो ट्र्याक रेकर्डलाई जलवायु परिवर्तनको दीर्घकालीन दिगो समाधानको नेतृत्व गर्नका लागि स्थापित दर्शनको सराहना गर्नुभयो । पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र आगामी वर्ष COP२६ को अवधिमा जलवायु मुद्दाहरूलाई शीर्ष वैश्विक राजनीतिक एजेन्डा बनाउने वहाँले प्रतिबद्धता गर्नुभयो ।

“यो विडम्बनाको कुरा हो कि हामीजस्ता जलवायु असुरक्षित देशहरूले पनि अरूको निष्क्रियताको भार भोभोग्नुपरेको छ  । " उहाँले भन्नुभयो 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार