सांसदहरुको मात्रै हैन कर्मचारीको पनि दसैँ भत्ता कटौती गरौं : लाल बाबु पण्डित ।



प्रकाशित: कार्तिक ४, मंगलवार, काठमाडौँ । 
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डितले सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता कटौती गर्नु राम्रो नहुने बताएका छन् भने भत्ता कटौती गर्ने भए सांसदको मात्र हैन सरकारी सुविधा लिने कर्मचारीलगायत सबैको कटौती गर्नुपर्ने उनको भनाइ रहेको छ ।

सरकारी कोषबाट तलब भत्ता खाने र सरकारी सेवा सुविधा लिने कर्मचारी, पत्रकार र अन्य राष्ट्रयसेवक सबैको दशै भत्ता कटौती गरी कोरोना कोषमा हाल्ने निर्णय गरे सहमत हुने पण्डितले बताएका छन्।अन्यथा, सांसदको मात्रै दसैं भत्ता काट्ने विषय आफूलाई मान्य नहुने उनको भनाइ छ।

सरकारी सेवा सुविधा लिने जति सबैले पाउने, निजी उद्योगधन्दाले दसैं भत्ता दिने, जनप्रतिनिधिलाई किन नदिने ?’ पूर्वमन्त्री पण्डितको प्रश्न रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial