रासफर्डको ह्याट्रिकमा युनाइटेडको सानदार जित



प्रकाशित: कार्तिक १४, शुक्रबार, एजेन्सी । 
युवा फरवार्ड मार्कस रासफर्डले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर दोस्रो हाफमा नै ह्याट्रिक प्रहार गरेपछि म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा जर्मन प्रतिद्वन्द्वी आरबी लाइप्जिगमाथि ५-० को सानदार जित दर्ता गरेको छ ।

खेलको पहिलो हाफमा नै मेसन ग्रीनवुडले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले २१ औं मिनेटमा पल पोग्बाको उत्कृष्ट पासलाई नियन्त्रणमा लिँदै सटिक फिनिसिङको नमुना प्रस्तुत गर्दै गोल गरेका थिए । पहिलो हाफमा ग्रीनवुडकै अर्को प्रहार गोलरक्षक पिटर गुलाचीले विफल पार्दा मार्सियलको प्रहारमा पनि उनी बाधक बने ।

दोस्रो हाफमा युनाइटेडले रासफर्डलाई मैदान प्रवेश गराएपछि खेलको रुप नै बदलियो ।

खलेको तीन मिनेट समय बाँकी रहँदा मार्सियललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि युनाइटेडले पेनाल्टी प्राप्त गर्यो । तर रासफर्डले आफ्नो ह्याट्रिक पूरा गर्नुभन्दा मार्सियललाई सिजनको पहिलो गोल प्रहार गर्ने अवसर सुम्पिए । फ्रान्सेली फरवार्ड त्यसना सफल पनि भए । तर इन्ज्युरी समयको दोस्रो मिनेटमा रासफर्डले आफ्नो ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई ५-० को सानदार जित दिलाए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial