रामेश शर्माको अध्यक्षतामा रानी बिराटनगरका युवाहरुद्वारा विद्यार्थीहरूलाई मास्क र कपि वितरण।


प्रकाशित: असोज २३, शुक्रबार , विराटनगर । 
कोरोना महामारी संक्रमणको जोखिम बढिरहेको बेलामा विगत केही दिनदेखि रमेश शर्माको अध्यक्षतामा एक युवा समूहले विराटनगरमा संक्रमणको जोखिम न्यूनीकरणको लागि विभिन्न संघ संस्था हरु लाई मास्क, सेनिटाइजर ,ह्याण्डवास्स आदि वितरण गर्दै आएका छन् ।

केहि दिन अगाडी मात्र जिप्रका मोरङलाई मास्क वितरण गरेका थिए भने विगतका दिनमा महामारीको संकटको बेलामा ठाउँठाउँमा मास्क वितरण गर्दै गरीबहरुलाई खाना पकाउँदै आइरहेका छन्।

सामाज सेवामा तल्लीन रहेका रमेश शर्माको अध्यक्षतामा युवा समूहले आज फेरी जहदा गाउँपालिका १ स्थित गणेश बालक्लव प्राथमिक विद्यालयमा मास्क, सेनिटाइजर ,ह्याण्डवास, कपी कलम आदि विद्यार्थीहरुलाई वितरण गरेका छन्।

कोरोना महामारी संक्रमणको जोखिमले मारमा परेका विद्यार्थीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन ४०० थान सर्जिकल मास्क, ७० थान ह्याण्ड सेनिटाइजर, २० थान ह्याण्डवास र रोकिएको हो पढाइलाई निरन्तरता दिनका लागि १०० कपि र २० प्याकेट कलम उपलब्ध गराएको रमेश शर्माले जानकारी दिए।



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार