कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्नुपर्ने: मन्त्रालयको सुचना ।



प्रकाशित: कार्तिक ४, मङ्गलबार, काठमाडौँ । 
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार शैक्षिक वर्ष २०७७ देखि नेपालका सबै विद्यालयहरुमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो एक सूचना जारी गर्दै नयाँ पाठ्यक्रम लागू गराउन अनुरोध गरेको हो । 

यस सम्बन्धी सूचना पाठ्यक्रम विकास केन्द्रबाट यसपूर्व नै जारी भएको थियो । यद्यपि केही विद्यालयहरुले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउने भनि विद्यार्थी भर्ना गराइरहेको भन्ने जनगुनासो आएकाले कक्षा ११ सञ्चालन भएका सबै विद्यालयहरुले कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र पठनपाठन गर्न, गराउन तथा सोही अनुसार विद्यार्थीको मूल्याङ्कन गर्ने व्यवस्था हुन समेत सम्वन्धित सबै बिद्यालयहरुलाई जानकारी गराइएको छ । 

साथै आगामी शैक्षिक वर्षदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रम अनुसार नै पठनपाठन तथा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन हुने भएकाले सबै विद्यार्थी तथा अभिभावकहरुलाई नयाँ पाख्यक्रम अनुसार पठनपाठन भए नभएको यकीन जानकारी लिएर मात्र विद्यालयमा भर्ना गर्न गराउन समेत मन्त्रालयले  सूचित गरेको छ । 


विद्यालयले कक्षा ११ को स्वीकृत नयाँ पाठ्यक्रम कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन र आवश्यक निर्देशन दिन सबै स्थानीय तहहरुलाई समेत निर्णयानुसार  सूचनामा अनुरोध गरिएको छ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial