आफ्नै खाता रहेको बैंकबाट दशैंका लागि नयाँ नोट साट्न सकिने।



प्रकाशित: असोज २०, मंगलवार, काठमाडौँ ।
राष्ट्र बैंकले आफ्नै खाता रहेको बैंकबाट नयाँ नोट पाइने व्यवस्था मिलाउने भएको छ जसले गर्दा अब दशैँका लागि नयाँ नोट चाहिए नेपाल राष्ट्र बैंकमै लाइन लाग्नुपर्ने झण्झट हट्ने भएको छ।

कारोना संक्रमणको कारणले नयाँ नोट वितरण गर्ने वा नगर्ने विषमा छलफल हुँदा बैंक मार्फत विरतण गर्दा सबै भन्दा उचित देखिएकोले यो व्यवस्था मिलाउन लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए।

५ , १०, २०, ५० र १०० दरको नोट दशैंका लागि नेपाल राष्ट्र बैंकले आफैं सटही वितरण गर्ने चलन रहेको थियो भने यसपालि कोरोना महामारी संक्रमणको जोखिम लाई मध्यनजर गर्दै नयाँ नोट सटहीको व्यवस्था अब बैंकहरुले गर्ने भएका छन्। बैंकहरुले निश्चित रकम सटहीको व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार