करारमा १०० कर्मचारीका लागि गृहबाट दरखास्त आह्वान, दिनको १२०० पारिश्रमिक



प्रकाशित: कार्तिक १३, बिहीबार, काठमाडौँ । 
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारी मागेको छ।

आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्ने गृहमन्त्रालयले जनाएको छ भने लिखित परीक्षा मंसिर १३ गते हुने भनिएको छ। 

काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार