मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ।


प्रकाशित: २१, असोज, बुधवार ।
हिजो राती आई पी एल खेलमा मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच आबु धाबी मा भएको थियो। पहिले टास जितेर ब्याटिङ मा उत्रिएको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएका थिए। पहिलो इनिङमा सूर्यकुमार यादवले सर्वाधिक ७९ (४०) रन र पछि ब्याटिङ मा आएका हार्दिक पण्ड्या ले ३०(१९) रन जोडेका थिए। बाैलिङ तर्फ श्र्येश गाेपाल ले ४ ओभरमा २८ रन खर्चेर मात्र २ विकेट लिन सफल भए भने अरू दुई खेलाडीले १-१ विकेट मात्र लिन सके।

दोस्रो इनिङमा १९४ रनको ठूलो लक्ष्य पछ्याउँदै राजस्थान का दुई ब्याट्सम्यान जैसवाल र सञ्जु स्यामसन शुन्य मा आउट भए। जोस बटलर ले सर्वाधिक ७० रन राजस्थान का खाता मा जोडें। तर राजस्थानका अरु कोई पनि खेलाडी चल्न सकेनन्। दोस्रो इनिङमा राजस्थानले जम्मा १८.१ ओभरमा सबै विकेट गुमाएर जम्मा १३६ रन मात्र जोड्न सफल भए। मुम्बई का बाैलर बुम्राह ले ४ ओभरमा २० रन खर्चेर ४ विकेट आफ्नो नाममा गर्न सफल भए।

यो खेल को म्यान अफ दी म्याच सूर्यकुमार यादव भए। यो खेल जितेर मुम्बईले अंक तालिका मा पहिलो स्थान प्राप्त गरेको छ भने राजस्थान ७औं स्थान कायम गरेको छ। 

आज आई पी एल मा चेन्नई सुपर किङ्स विरुद्ध कोलकत्ता नाइट राइडर्स को खेल आबु धाबी मा हुन गएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार