हिमानी ट्रस्ट द्वारा स्वास्थ्य सामग्री वितरण ।


himani-trust
प्रकाशित: असोज २५, आइतबार, काठमाडौँ ।  
विश्वनै कोभिड-१९ बिरूद्ध लडिरहेको बेला, हिमानी ट्रस्टले महामारीको विरूद्ध लड्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरुको व्यवस्था गर्न तयारि गरेको  छ। रोटरी क्लब अफ न्यू रोड सिटी काठमाडौंको सहकार्यमा ट्रस्टले पाटन अस्पताललाई दुई पिस हाई फ्लो नासल क्यानियोला प्रदान गरेको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक इराम इन्सारीका अनुसार हाई फ्लो नासल क्यानियोलालाई श्वासप्रश्वास सम्बन्धी समस्या भएका मानिसहरूलाई सहयोग पुर्‍याउन प्रदान गरिएको हो, यद्यपि यो नेपालमा नयाँ प्रविधि हो। यसअघि ट्रस्टले कोरोनाभाइरस महामारीको बिरूद्ध लड्न सहयोग पुर्‍याउन २० करोड रूपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। 

ट्रस्टका प्रबन्धक उत्तम निरौलाले जानकारी दिएअनुसार ट्रस्टले स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा किट सहित स्वास्थ्य सुरक्षा सामग्री र किट वितरणमा ३० करोड भन्दा बढी खर्च गरेको छ। ट्रस्टले सीमा क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित पिउने पानी, हात धुने, सेनिटाइजर र औषधिहरू उपलब्ध गराउन पनि काम गरिरहेको छ।

निरौलाका अनुसार ट्रष्टले महामारीले नराम्ररी प्रभावित ५०० भन्दा बढी मानिसलाई दिनहुँ खाना वितरण गरिरहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार